दक्षिण एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णसहित ३ पदक

काठमाडौं: भुटानको थिम्पुमा जारी १६औं दक्षिण एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै स्वर्णसहित तीनवटा पदक जित्न सफल भएको छ।
प्रतियोगितामा नेपाली टोलीका तर्फबाट आकाश श्रेष्ठले नेपाललाई स्वर्ण पदक दिलाएका छन्। उनले पुरुष स्पोर्ट्स फिजिकको १७० सेन्टीमिटरमुनिको विधामा स्वर्ण पदक जितेका हुन् ।
त्यस्तै महिला एथलेटिक फिजिकतर्फ उत्कृष्ट प्रदर्शन गर्दै सीता खत्रीले रजत पदक हात पारिन्। पुरुष स्पोर्ट्स फिजिककै १७० सेन्टीमिटरमाथिको विधामा प्रतिस्पर्धा गरेका पुकार शाक्यले कांस्य पदक जितेका छन् ।