सटपुटमा बाराको उत्कृष्ट प्रदर्शन, जित्यो दुई स्वर्ण

सिमरा: मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताअन्तर्गत सटपुट स्पर्धामा बाराले दुई स्वर्ण पदक जित्दै उत्कृष्ट प्रदर्शन गरेको छ । छात्र र छात्रा दुवै विधामा बाराका खेलाडी विजयी बनेका हुन् ।
छात्रतर्फ बारा जीतपुरसिमराका निशान परियाले उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक हात पारे । धनुषाका आकाश पासवान दोस्रो हुँदै रजत पदक जित्न सफल भए भने सर्लाहीका आदित्य चौधरी तेस्रो हुँदै कांस्य पदकमा सीमित भए ।
त्यसैगरी छात्रातर्फ बाराको निजगढकी अरुणिमा घिमिरे प्रथम हुँदै स्वर्ण पदक जित्न सफल भइन् । सर्लाहीकी ग्याल्मामाया थोकर दोस्रो तथा महोत्तरीकी माया आले तेस्रो स्थानमा रहिन् ।