राणाको नेतृत्वमा बन्यो चौथो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको आयोजक कमिटी

राणाको नेतृत्वमा बन्यो चौथो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको आयोजक कमिटी

सिमराः नेपाल तेक्वान्दो संघको आयोजनामा हुने ‘चौथो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता’ को तयारी सुरु भएको छ । फाल्गुन १ गतेदेखि ६ गतेसम्म काठमाडौंमा हुने प्रतियोगिताका लागि संघले पूर्वअध्यक्ष प्रकाश शमशेर राणाको नेतृत्वमा आयोजक कमिटी गठन गरेको छ ।

संघको सल्लाहकार समितिका संयोजक समेत रहेका राणाको नेतृत्वमा गठित कमिटीको सहसंयोजकमा उपाध्यक्ष भानुबहादुर चन्द रहेका छन् । चन्द राष्ट्रिय खेलकुद परिषद्को बोर्ड सदस्य हुन् ।

यसैगरी कमिटीको सचिवालय प्रमुखमा साम्राज्य बिक्रम पाण्डे, सचिवमा कुमार लामा घिसिङ, सहसचिवमा बब्लु सिवाकोटी, रहेका छन् । घिसिङ राष्ट्रिय खेलकुद परिषद्को बोर्ड सदस्य हुन् भने सिवकोटी केन्द्रीय सदस्य हुन् । संघले निर्णायक संयोजकको जिम्मेवारी टिकाप्रसाद लिम्बु र प्राविधिक निर्देशकको जिम्मेवारी विदेशी प्रशिक्षक योङ्डाल क्वोनलाई दिएको छ ।

संघले प्रतियोगितामा देशविदेशबाट सहभागी हुन इच्छुक खेलाडीका लागि दर्ता खुल्ला गरेको छ । इच्छुक खेलाडीले क्युरोगीतर्फ प्रति व्यक्ति ८० अमेरिकन डलर शुल्क तिरेर माघ १८ गतेसम्म नाम दर्ता गराउन सक्नेछन् ।