अन्तर्राष्ट्रिय रेफ्री घिसिङसहित पाँच जना राखेप सदस्यमा नियुक्त

काठमाडौंः नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य एवम् अन्तर्राष्ट्रिय रेफ्री कुमार लामा घिसिङ राष्ट्रिय खेलकुद परिषदको बोर्ड सदस्यमा नियुक्त भएका छन् । युवा तथा खेलकुद मन्त्री बब्बु गुप्ताले शुक्रबार घिसिङसहित पाँच जनालाई सदस्यमा नियुक्त गरेका हुन् ।
बोर्डमा सदस्यसचिवसहित ६ पद रिक्त रहेको थियो । सदस्यको रिक्त पदमा मन्त्री गुप्ताले तेक्वान्दोका घिसिङ, क्रिकेट प्रशिक्षक जगत टमाटासहित पाँच जनालाई नियुक्त गरेका हुन् ।
नियुत्त हुनेमा घिसिङ, टमाटासहित उद्योग वाणिज्य महासंघका प्रयास कार्की, रग्बीका सन्तकुमार मेहता र राजेश खड्का छन् । नियुक्त भएका पाँच जनालाई मन्त्री गुप्ताले सपथ समेत ग्रहण गराएका छन् ।