आइसिसी टी–२० विश्वकपको तयारीमा नेपाल, २४ खेलाडी क्याम्पमा

आइसिसी टी–२० विश्वकपको तयारीमा नेपाल, २४ खेलाडी क्याम्पमा

काठमाडौं: भारत र श्रीलंकाको संयुक्त आयोजनामा माघ २५ देखि फागुन २४ गतेसम्म (२०२६ फेब्रुअरी ७ देखि मार्च ८) सञ्चालन हुने आइसिसी टी-२० विश्वकप क्रिकेटका लागि नेपाली राष्ट्रिय टोलीले तयारी सुरु गरेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीमा रहेका खेलाडीसहित थप खेलाडीहरूलाई समेट्दै २४ खेलाडीलाई प्रशिक्षण क्याम्पका लागि बोलाएको छ। हालै सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा देखाएको प्रदर्शनका आधारमा पनि केही नयाँ खेलाडीहरू क्याम्पमा समावेश गरिएको क्यानले जनाएको छ।

एनपीएल सिजन–२ मा उत्कृष्ट प्रदर्शन गरेका शेर मल्ल, विनोद भण्डारी, भीम सार्की, अविनाश बोहरा, इशान पाण्डे, बसिर अहमद, प्रतिश जी.सी. र रुपेश कुमार सिंह प्रशिक्षण क्याम्पमा छनोट भएका छन्।

विश्वकपअन्तर्गत नेपालले आफ्नो समूह चरणका सबै खेल भारतको मुम्बईमा खेल्नेछ। नेपाल समूह ‘सी’ मा इङ्ल्याण्ड, वेस्ट इन्डिज, बंगलादेश र इटालीसँग रहेको छ। नेपालले माघ २५ गते इङ्ल्याण्डसँगको खेलमार्फत विश्वकप अभियानको सुरुवात गर्नेछ।