एकता भलिबलः उपाधिका लागि आयोजक र सेन्ट जोन्स भिड्ने

एकता भलिबलः उपाधिका लागि आयोजक र सेन्ट जोन्स भिड्ने

सिमराः तेस्रो एकता अन्तरविद्यालय महिला भलिबल प्रतियोगिता को उपाधिका लागि आयोजक एकता स्कुल र सेन्ट जोन्स स्कुल फाइनलमा भिड्ने भएका छन्। शुक्रबार सिमरामा सम्पन्न सेमिफाइनल खेलमा जीत हात पार्दै दुबै टिमले उपाधि भिडन्त पक्का गरेका हुन्।

पहिलो सेमिफाइनलमा एकता स्कुलले होली गार्डेन इङ्लिस स्कुललाई ३–० को सोझो सेटमा पराजित गरेको हो। खेलको प्लेयर अफ दि म्याच स्मृति श्रेष्ठ घोषित भईन्।

दोस्रो सेमिफाइनलमा सेन्ट जोन्स स्कुलले पाथीभरा इङ्लिस स्कुललाई ३–० को सोझो सेट अन्तरले हराएको थियो। यस खेलको प्लेयर अफ दि म्याच एन्जल लामा घोषित भईन्।

दुई टिमबीचको फाइनल खेल मंसिर २१ गते हुने एकता स्कुलका शिक्षक मौसम कोईरालाले जानकारी दिएका छन्।