पाथीभरा भलिबल: एक्स सर्भिसम्यान र राष्ट्रिय विभूति फाइनलमा भिड्ने

सिमराः एक्स सर्भिसम्यान चिल्ड्रेन एकेडेमी र राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदन ‘चौथो पाथीभरा अन्तरविद्यालय पुरुष भलिबल प्रतियोगिता’ को उपाधिका लागि भिड्ने भएका छन् । शुक्रबार सम्पन्न सेमिफाइनल खेलमा दुबै टिमले विजयी हुँदै फाइनलमा आफ्नो स्थान पक्का गरेका हुन् ।
पहिलो सेमिफाइनलमा एक्स सर्भिसम्यानले अक्षरा पाठशाला लाई ३–१ को सेटमा पराजित गर्यो । खेलको प्लेयर अफ दि म्याच उत्कृष्ट रोमन घोषित भए।
दोस्रो सेमिफाइनलमा राष्ट्रिय विभूतिले लोटस एकेडेमीलाई ३–० को सोझो सेटमा हराएको थियो। यस खेलको प्लेयर अफ दि म्याच कमल चौधरी घोषित भए।
प्रतियोगिताको फाइनल खेल शनिबार दिउँसो आयोजना हुने आयोजक पाथीभरा इङ्लिश स्कूलका प्रिन्सिपल लक्की रिमालले जानकारी दिए।