अन्तरविद्यालय महिला भलिबलमा होली गार्डेन र पाथीभरा इङ्लिस स्कुल विजयी

अन्तरविद्यालय महिला भलिबलमा होली गार्डेन र पाथीभरा इङ्लिस स्कुल विजयी

सिमरा: सिमरामा जारी एकता अन्तरविद्यालय महिला भलिबल प्रतियोगितामा होली गार्डेन इङ्लिस स्कुल पथलैया र पाथीभरा इङ्लिस स्कुल सिमराले बुधबारका खेलमा विजयी भएका छन्।

एकता स्कुलको मैदानमा भएको पहिलो खेलमा होली गार्डेनले मिसन एकेडेमीलाई २–१ सेटमा पराजित गर्दै दोस्रो चरणमा स्थान सुरक्षित गर्‍यो। खेलको ‘प्लेयर अफ दि म्याच’ रेशु घिसिङ घोषित भइन्।

दोस्रो खेलमा पाथीभरा इङ्लिस स्कुलले लोटस एकेडेमी सिमरालाई २–१ सेटमा हराउँदै विजयी भयो। सो खेलको ‘प्लेयर अफ दि म्याच’ मञ्जु खड्का घोषित भइन्।

प्रतियोगिताअन्तर्गत बिहीबार सेन्ट जोन्स एकेडेमी र एक्स सर्भिसम्यान एकेडेमीबीच पहिलो खेल हुनेछ। यसैगरी दोस्रो खेलमा एकता स्कुल र राष्ट्रिय सामुदायिक शिक्षा सदन डुमरवाना आमनेसामने हुनेछन्।