आईसीसी टी–२० ईएपी छनोटमा आज नेपाल र कुवेत आमनेसामने

काठमाडौं: नेपालले आईसीसी टी–२० एसिया इस्ट–एशिया प्यासिफिक (ईएपी) छनोटमा बुधबार राति कुवेतसँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समय अनुसार राति ८:४५ बजे ओमान क्रिकेट एकेडेमी मैदानमा हुनेछ।
समूह ‘बी’ अन्तर्गत दुवै टोलीका लागि यो खेल अत्यन्तै महत्वपूर्ण मानिएको छ। सुपर सिक्समा प्रवेश गर्ने लक्ष्यसहित मैदान उत्रने नेपाल र कुवेत दुवै टोली आजको खेल जितेर फाइदा लिन चाहन्छन्।
छनोटको नियमअनुसार समूह चरणमा हराएको टोली पनि यदि सुपर सिक्समा पुग्छ भने त्यसलाई जित्ने टोलीले सुपर सिक्समा दुई अंकसहित अघि बढ्नेछ। त्यसैले आजको खेलले सुपर सिक्सको समीकरणमा ठूलो प्रभाव पार्नेछ।