नेपाली टोलीले पायो भिसा, सोमबार यूएई प्रस्थान

काठमाडौं: यूएईमा हुने युनिटी कपमा भाग लिन नेपाली राष्ट्रिय क्रिकेट टोलीले भिसा प्राप्त गरेको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार एक विज्ञप्ति जारी गर्दै खेलाडीहरूले भिसा पाएको जानकारी दिएको हो। क्यानका अनुसार नेपाली टोली सोमबार यूएई प्रस्थान गर्ने कार्यक्रम रहेको छ।
नेपालले यूएईमा आयोजना हुने प्रतियोगितामा वेष्टइन्डिजसहितका टिमसँग प्रतिस्पर्धा गर्नेछ।