नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण मंसिर १ गतेदेखि शुरु हुने

काठमाडौंः नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण मंसिर १ गतेदेखि शुरु हुने भएको छ। नेपाल क्रिकेट संघ ९क्यान० का प्रवक्ता छुम्बी लामाले बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रतियोगिता मंसिर १ गतेदेखि २७ गतेसम्म काठमाडौंको त्रिवि क्रिकेट मैदानमा हुने जानकारी दिएका हुन् ।
गत वर्ष पहिलो संस्करणको एनपीएल २०८१ मंसिर १५ देखि पुस ६ गतेसम्म सम्पन्न भएको थियो। यसपटकको संस्करणको खेल तालिका भने केही समयपछि सार्वजनिक गर्ने क्यानले जनाएको छ।
एनपीएलको दोस्रो संस्करणका लागि साउन २४ गते मिनी अक्सन सम्पन्न भएको थियो। त्यसअघि प्रतियोगितामा सहभागी ८ वटै टिमले आफ्ना खेलाडीलाई रिटेन र रिलिज गरेका थिए।