एसियाली शारीरिक सुगठन च्याम्पियनसिपका लागि नेपाली टोलीलाई बिदाइ

काठमाडौं: राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले थाइल्यान्डमा हुने एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीलाई एक कार्यक्रमबीच आइतबार बिदाइ गरेका छन्।
भदौ २ देखि ९ गतेसम्म बैंककमा हुने उक्त प्रतियोगितामा नेपालबाट पुरुष ८५ केजी तौल समूहतर्फ ग्रेस महर्जन र महिला एथलेटिक फिजिकतर्फ उर्मिला श्रेष्ठ प्रतिस्पर्धा गर्नेछन्।
टोलीमा अफिसियल दिनेशकुमार राजभण्डारी, प्रशिक्षक रुजेश शाही, निर्णायक प्रतापकाजी बरिया तथा सहयोगी प्रदीप अमात्य र सुनभ सुवेदी रहेका छन्।
बिदाइ कार्यक्रममा सदस्य–सचिव घिसिङले खेलाडीलाई सफलताको शुभकामना दिंदै अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गर्न प्रेरित गरेका थिए।