टप इन्ड टी–२० सिरिजको पहिलो खेलमा नेपाललाई १७८ रनको लक्ष्य

सिमरा: अस्ट्रेलियामा जारी टप इन्ड टी–२० सिरिजको पहिलो खेलमा नेपालले नर्दन टेरोटोरी स्ट्राइक्स (एनटिएस) विरुद्ध १७८ रनको लक्ष्य पाएको छ।
पहिले ब्याटिङ गरेको एनटिएसले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७७ रनको योगफल बनायो।
नेपालका लागि सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिए। सहाब आलमले २ विकेट हात पारे भने रुपेश सिंह, दिपेन्द्र सिंह ऐरी र रोहित पौडेलले समान १–१ विकेट लिन सफल भए।
नेपालले अब जितका लागि १७८ रनको लक्ष्य पछ्याउनेछ।