टप इण्ड टी–२० सिरिजका लागि नेपाली क्रिकेट टोलीको बिदाइ

टप इण्ड टी–२० सिरिजका लागि नेपाली क्रिकेट टोलीको बिदाइ

काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाको डार्विनमा हुने टप इण्ड टी–२० सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई आइतबार औपचारिक बिदाइ गरेको छ। टोली सोमबार अस्ट्रेलिया प्रस्थान गर्नेछ।

अगस्ट १४ देखि २४ सम्म चल्ने सिरिजमा पाकिस्तान ए, बंगलादेश ए लगायत विभिन्न टोलीको सहभागिता रहनेछ। नेपालले लिग चरणमा ६ खेल खेल्नेछ। यो प्रतियोगितालाई अक्टोबरमा हुने आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटको तयारीको रूपमा लिइएको छ।

नेपाली टोली:
रोहित पौडेल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, आसिफ शेख, कुशल मल्ल, गुल्सन झा, आरिफ शेख, भीम सार्की, रुपेश कुमार सिंह, सोमपाल कामी, नन्दन कुमार यादव, करण केसी, रिजन ढकाल, लोकेश बम, शाहव आलम।