क्रिकेटर ललित राजवंशी मातृशोकमा

क्रिकेटर ललित राजवंशी मातृशोकमा

विराटनगर: नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य ललित राजवंशी मातृशोकमा परेका छन्। उनकी आमा शुभकुमारी राजवंशीको आइतबार बिहान विराटनगर १४ जतुवास्थित निवासमा निधन भएको हो।

६० वर्षीया शुभकुमारी लामो समयदेखि दमको समस्या भोग्दै आएकी थिइन्। शनिबार राति खाना र औषधि खाएर सुतेकी शुभकुमारीलाई बिहान छोरीले उठाउन जाँदा मृत भेटिएको हो।

शुभकुमारीको आइतबार अन्त्येष्टि विराटनगरस्थित सिंघिया खोलामा गरिएको छ। आमाको निधनको खबर पाएलगत्तै ललित राजवंशी पनि विराटनगर आइपुगेका थिए ।