लुम्बिनी लायन्सले सार्वजनिक गर्यो नयाँ लोगो

लुम्बिनी लायन्सले सार्वजनिक गर्यो नयाँ लोगो

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज टोली लुम्बिनी लायन्सले आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ। टिमले अघिल्लो लोगोलाई परिमार्जन गर्दै नयाँ लोगो सार्वजनिक गरेको हो ।

टिमका अनुसार यो लोगो केवल दृश्यात्मक पहिचान नभई लुम्बिनीको गौरव, बुद्धको शान्ति सन्देश र नेपाली राष्ट्रिय भावना झल्काउने महत्वपूर्ण प्रतीक हो ।

‘लोगोले मैदानमा टिमको शक्ति मात्र होइन, लुम्बिनीको गौरवको पनि पहिचान दिलाउँछ’ लोगो सार्वजनिक गर्दै लुम्बिनी लायन्सका अध्यक्ष ईश्वरबहादुर जिसीले ‘बुद्धको भूमि लुम्बिनीबाट जन्मिएको यो टिम मैदानमा गर्जन्छ र नेपाललाई विश्वसामु चिनाउँछ ।’

नयाँ लोगोमा मन्दिर, सम्राट अशोकले स्थापना गरेको ऐतिहासिक अशोक स्तम्भ, नेपालको राष्ट्रिय झन्डाको रातो रङ, चन्द्र र सूर्यको प्रतीकजस्ता चित्रहरू लोगोमा समावेश गरिएको छ ।

लुम्बिनी लायन्सले यसपटकको एनपीएल दोस्रो संस्करणका लागि आफ्नो तयारी तीव्र बनाएको छ। टिमले आफ्नो ६ खेलाडी रिटेन गरेको छ भने केहीलाई रिलिज गरेको छ।

रिटेन गरिएका खेलाडीहरू:

  • रोहित पौडेल (मार्की खेलाडी)
  • विवेक यादव
  • सन्दीप जोरा
  • दिनेश अधिकारी
  • तिलकराज भण्डारी
  • अभिषेष गौतम

रिलिज गरिएका खेलाडीहरू:

  • सूर्य तामाङ
  • अर्जुन साउद
  • दुर्गेश गुप्ता
  • आशुतोष घिरैया
  • विकाश आग्री
  • आरिफ खान