एसिया राइजिङ स्टार्स कप : नेपालले आज बलियो भारत ‘ए’ को सामना गर्दै

एसिया राइजिङ स्टार्स कप : नेपालले आज बलियो भारत ‘ए’ को सामना गर्दै

सिमराः एसिया राइजिङ स्टार्स कप क्रिकेट प्रतियोगितामा नेपालले आज (शुक्रबार) भारत ‘ए’ सँग प्रतिस्पर्धा गर्दैछ । खेल कतारको दोहास्थित वेस्ट इण्ड पार्क इन्टरनेशनल क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।

नेपाल सन्दीप लामिछाने र भारत तिलक बर्माको कप्तानीमा मैदानमा उत्रनेछ । भारत ‘ए’ को टोलीबाट अभिषेक शर्मा, वैभव सूर्यवंशी र रिंकु सिंहजस्ता खेलाडीले खेल्दैछन् ।

एसिया क्रिकेट काउन्सिल (एसीसी)को आयोजनामा नोभेम्बर २९ सम्म सञ्चालन हुने प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीमा नेपाल, भारत ‘ए’, पाकिस्तान शाहिन्स, यूएई, श्रीलंका ‘ए’, बंगलादेश ‘ए’, अफगानिस्तान ‘ए’ र हङकङ छन् ।

टोलीहरूलाई दुई समूहमा विभाजन गरिएको छ र समूह चरणमा प्रत्येक टोलीले आफ्नो समूहका अन्य टोलीसँग एक–एक खेल खेल्नेछन् । दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । सेमिफाइनल खेलहरू नोभेम्बर २६ र २७ मा तथा फाइनल खेल नोभेम्बर २९ मा हुनेछ ।