कास्य सुनिश्चित गर्ने महिला कबड्डी टोलीमा जीतपुरसिमराकी गंगा पनि

कास्य सुनिश्चित गर्ने महिला कबड्डी टोलीमा जीतपुरसिमराकी गंगा पनि

सिमराः २०औं एसियन गेम्स २०२६ अन्तर्गत महिला कबड्डीको सेमिफाइनलमा प्रवेश गर्दै कास्य सुनिश्चित गरेको नेपाली टोलीमा जीतपुरसिमराकी गंगा घिमिरे समेत समावेश छिन् ।

नेपाली टोलीले बिहीबार समूह ‘बी’ को आफ्नो अन्तिम खेलमा नेपालले श्रीलंकालाई ३४–२५, १९–१३ र १५–१२ पराजित गर्दै सेमिफाइनमा स्थान सुरक्षित गर्दा कास्य पदक सुनिश्चित भएको थियो । नेपाल आफ्नो समूहबाट दोस्रो हुँदै सेमिफाइनल पुगेको हो ।

सेमिफाइनमा प्रवेश गरेको टोलीमा जीतपुरसिमरा–१६ की घिमिरे समेत मुख्य खेलाडीको रुपमा सहभागी छिन् । टोली सेमिफाइनलमा प्रवेश गरेपछि जीतपुरसिमरा–१६ का स्थानीय उत्साहित छन् ।

फाइनल प्रवेशका लागि नेपाली टोलीले शुक्रबार भारतसँग प्रतिस्पर्धा गर्नेछ । यसअघि भएको १९औं एसियन गेम्समा पनि नेपाली महिला कबड्डी टोलीले कास्य पदक जितेको थियो ।