महेन्द्रनगरलाई हराउँदै योङ ब्वाईज युनाइटेड दोस्रो पथलैया टाउन कपको फाइनलमा

महेन्द्रनगरलाई हराउँदै योङ ब्वाईज युनाइटेड दोस्रो पथलैया टाउन कपको फाइनलमा

सिमरा: योङ ब्वाईज युनाइटेड क्लब दोस्रो पथलैया टाउन कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । थानीमाई मैदानमा आइतबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा महेन्द्रनगर फुटबल क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै योङ ब्वाईजले उपाधि भिडन्तमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलको अन्तिम समयमा दुई गोल गर्दै योङ ब्वाईजले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो ।

पथलैया टाउन एफसीको आयोजनामा जारी यस सिक्स-ए-साइड फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल सोमबार औराह फुटबल क्लब र निजगढ एफसीबीच हुनेछ । प्रतियोगिताको विजेता टोलीले नगद ३० हजार र उपविजेताले २० हजार प्राप्त गर्नेछन् ।