एनटी टप एन्ड टी-२० सिरिज: अनिलको कप्तानीमा १५ सदस्यीय नेपाली टोली घोषणा

एनटी टप एन्ड टी-२० सिरिज: अनिलको कप्तानीमा १५ सदस्यीय नेपाली टोली घोषणा

सिमराः अस्ट्रेलियाको नर्थन टेरिटोरीमा आयोजना हुने ‘एनटी टप एन्ड टी-२०’ सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ। क्यानले अनिल साहको कप्तानीमा टोली सार्वजनिक गरेको हो ।

प्रतियोगिताका लागि रोहित पौडेल, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीलगायत पहिलो रोजाइका मुख्य खेलाडीहरूलाई विश्राम दिइएको छ।

नेपाली टोली:

अनिल कुमार शाह (कप्तान), कुशल भुर्तेल, कुशल मल्ल, लोकेश बम, तृतराज दास, मयन यादव, पवन शर्राफ, दीपक डुम्रे, राशिद खान, नारायण जोशी, आकाश चन्द, शाहब आलम, विपिन खत्री, युवराज खत्री र रिजन ढकाल ।

आगामी अगस्ट २१ देखि ३० (भदौ ५ देखि १४) सम्म चल्ने उक्त प्रतियोगितामा नेपालले लिग चरणअन्तर्गत कुल ६ वटा खेल खेल्ने तालिका छ।

नेपालको खेल तालिका:

अगस्ट २१: एनटी स्ट्राइकसँग (पहिलो खेल)

अगस्ट २२: बंगलादेश हाई–परफर्मेन्स टोलीसँग

अगस्ट २४: होबार्ट हुरिकेन्स एकेडेमीसँग

अगस्ट २६: एसीटी कोमेट्ससँग

अगस्ट २७: किङ्समेनसँग

अगस्ट २९: भिक्टोरियासँग