एन्फाको निलम्बन फुकुवाका लागि फिफासँग निरन्तर संवाद भइरहेको छः मन्त्री पोखरेल

एन्फाको निलम्बन फुकुवाका लागि फिफासँग निरन्तर संवाद भइरहेको छः मन्त्री पोखरेल

काठमाडौंः शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले अखिल नेपाल फुटबल संघ (एन्फा) माथिको निलम्बन फुकुवा गराउन विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) सँग निरन्तर संवाद भइरहेको बताएका छन् । मन्त्री पोखरेलले मन्त्रीको हैसियतमा आफूले फिफासँग इमेलमार्फत प्रत्यक्ष कुराकानी गरिरहेको र चाँडै सकारात्मक निकास निकाल्न पहल भइरहेको बताएका हुन्।

अब गठन हुने वा आउने एन्फाको नयाँ नेतृत्वमा पूर्वखेलाडी वा फुटबल खेललाई राम्रोसँग बुझेका र यसको विकासमा समर्पित व्यक्तिहरू नै हुनुपर्नेमा जोड दिए। एन्फालाई राजनीतिक भर्तीकेन्द्र बन्न नदिने उनको दाबी छ। एन्फाभित्र रहेका अनियमितता र भ्रष्टाचारका उजुरीमाथि निष्पक्ष छानबिन भइरहेको र नेपाली फुटबलको अवस्था सुधार्न सरकार दृढ रहेको उनले स्पष्ट पारेका छन् ।

यस्तै एसियन गेम्समा जाने खेलाडीहरूका लागिप यसपटक केही अतिरिक्त खर्च समेत दिएर पठाउने व्यवस्था गरेको उनले बताएका छन् ।