एसीसी यू–१९ प्रिमियर कपमा सोनीले नेपाली टोलीको कप्तानी गर्ने

एसीसी यू–१९ प्रिमियर कपमा सोनीले नेपाली टोलीको कप्तानी गर्ने

काठमाडौंः आगामी जुलाई ११ देखि मलेसियामा आयोजना हुने एसियाली क्रिकेट काउन्सिल (एसीसी) यू-१९ महिला प्रिमियर कप क्रिकेटमा नेपाली टोलीको कप्तानी सोनी पाख्रिनले गर्ने भएकी छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले सोनीको कप्तानीमा १८ सदस्यीय टोली घोषणा गरेको हो। क्यानका सचिव पारस खड्काले एक विज्ञप्ति जारी गर्दै नेपाल टोली घोषणा गरेका हुन्।

राष्ट्रिय टोलीको सदस्यसमेत रहिसकेकी सोनीको कप्तानीमा घोषित टोलीमा सना प्रवीण, अलिशाकुमारी यादव, सावित्री धामी, मनिषा उपाध्याय, रचना चौधरी, रिया शर्मा, अनु कडायत, तिर्सना विश्वकर्मा, कुस्मा गुरुङ, अञ्जनी पाठक, मनिषा चौधरी, स्नेहा महरा, करुणा विष्ट, प्रतिमा साह, प्रिस्ना रानामगर, साक्षी यादव र आशा चौधरी छन् ।