ओडिआई टोली घोषणा: विनोदको पुनरागमन, अर्जुनको डेब्यु

काठमाडौंः आईसीसी मेन्स क्रिकेट वर्ल्ड कप लिग–२ का लागि रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय नेपाली राष्ट्रिय एकदिवसीय टोली घोषणा गरिएको छ।
टोलीमा अनुभवी विकेटकिपर ब्याटर विनोद भण्डारीले पुनरागमन गरेका छन् भने अर्जुन कुमाल पहिलो पटक राष्ट्रिय टोलीमा समेटिएका छन्। दीपेन्द्र सिंह ऐरी उपकप्तानको भूमिकामा रहनेछन्।
टोलीमा कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख, बसिर अहमद, गुल्सन झा, सोमपाल कामी, सन्दीप लामिछाने, ललित नारायण राजवंशी, नन्दन यादव र करण केसी रहेका छन्।
नेपाल, ओमान र युएईबीच वैशाख १२ गतेदेखि कीर्तिपुरस्थित टियु मैदानमा सिरिज सुरु हुँदैछ। नेपालले पहिलो खेलमा युएईसँग खेल्नेछ ।
#NepalCricket #CWCL2 #TeamNepal