एनपीएलको तेस्रो संस्करण आजदेखि सुरु हुँदै

एनपीएलको तेस्रो संस्करण आजदेखि सुरु हुँदै

सिमराः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आज (सोमबार) देखि सुरु हुँदैछ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा अपरान्ह ४ः३० सुरु हुने उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन् ।

प्रतियोगितामा जनकपुर बोल्ट्स, लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, बिराटनगर किङ्स, चितवन राईनोज, कर्णाली याक्स, काठमाडौं गुर्खाज र पोखरा एभेन्जर्सले सहभागिता जनाउनेछन् । प्रतियोगिताको पहिलो सिजनको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो भने दोस्रो सिजनमा लुम्बिनी लायन्स च्याम्पियन बनेको थियो ।

यसपटकको विजेताले एक करोड ५० लाख र उपविजेताले ८० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। तेस्रो हुने टोलीलाई ४० लाख र चौथो हुने टोलीलाई ३० लाख रुपैयाँ प्रदान गरिने नेपाल क्रिकेट संघले जनाएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट ‘लिस्ट एु टी–२०’ को आधिकारिक मान्यता पाएको तेस्रो संस्करणमा पहिलोपटक डिसीजन रिभ्यु सिस्टम (डीआरएस) प्रणाली लागू गरिएको छ । आईसीसीको मान्यता पाएपछि विश्वका विभिन्न देशका स्टार खेलाडीहरूको सहभागिताले प्रतियोगितालाई थप आकर्षक र रोमाञ्चक बनाएको छ ।