पथलैया सिक्स–ए–साइड फुटबल: आयोजक पथलैया टाउन र चकरी क्वाटरफाइनलमा

पथलैया: आयोजक पथलैया टाउन एफसी र चकरी फुटबल क्लब जारी दोस्रो पथलैया टाउन सिक्स–ए–साइड फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन्। पथलैयास्थित थानीमाई मैदानमा बुधबार सम्पन्न खेलमा जित निकाल्दै दुवै टोली अन्तिम आठमा पुगेका हुन्।
बुधबार भएको रोमाञ्चक पहिलो खेलमा आयोजक पथलैया टाउन एफसीले दुधौरा एफसीलाई टाईब्रेकरमा ३–२ गोल अन्तरले पराजित गर्यो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि निर्णय टाईब्रेकरबाट लिइएको थियो।
दोस्रो खेलमा चकरी एफसीले एकपक्षीय नतिजा निकाल्दै पथलैया दिव्यज्योती क्लबलाई ३–० ले हरायो । प्रतियोगिता अन्तर्गत बिहीबार मधेस स्पोर्ट्स र निजगढ एफसीबीच प्रतिस्पर्धा हुनेछ ।