पथलैया टाउन कप: रोमाञ्चक भिडन्तमा निजगढ र चकरीको जित

पथलैया टाउन कप: रोमाञ्चक भिडन्तमा निजगढ र चकरीको जित

पथलैया: बाराको पथलैयामा जारी दोस्रो पथलैया टाउन कप फुटबल प्रतियोगिता अन्तर्गत शनिबार सम्पन्न खेलमा निजगढ र चकरी फुटबल क्लब विजयी भएका छन् । थानीमाई खेल मैदानमा भएको रोमाञ्चक पहिलो खेलमा निजगढले मिसन एकेडेमीलाई ४–२ को फराकिलो गोल अन्तरले पराजित गरेको हो।

यसैगरी दोस्रो खेलमा चकरी फुटबल क्लब र गोल्डेन ब्वाइजबीच कडा प्रतिस्पर्धा भएको थियो। निर्धारित समयसम्म दुवै टिमले १–१ गोलको बराबरी खेलेपछि खेलको नतिजा टाइब्रेकरबाट निकालिएको थियो । टाइब्रेकरमा चकरीले गोल्डेन ब्वाइजलाई २–१ ले हराउँदै जित दर्ता गर्‍यो ।

प्रतियागिता अन्तर्गत आइतबार मधेस स्पोर्टस् र आरम्भ एफसीबीच पहिलो खेल हुनेछ भने दोस्रो खेलमा महेन्द्रनगर फुटबल क्लब र अल्लारे युवा क्लब भिड्नेछन् ।

पथलैया टाउन एफसीको आयोजनामा जारी सिक्स-ए-साइड फुटबल प्रतियोगितामा २२ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले ३० हजार र उपविजेताले २० हजार नगद प्राप्त गर्नेछन् ।