इन्डोर सुपर लिगको दोस्रो संस्करणका लागि अक्सन सम्पन्न, १० टोलीले टुङ्ग्याए खेलाडी (नामसहित)

इन्डोर सुपर लिगको दोस्रो संस्करणका लागि अक्सन सम्पन्न, १० टोलीले टुङ्ग्याए खेलाडी (नामसहित)

काठमाडौंः इन्डोर सुपर लिग (आईएसएल) क्रिकेटको दोस्रो संस्करणका लागि खेलाडी अक्सन सम्पन्न भएको छ । काठमाडौँ स्पोर्ट्स इभेन्ट्स प्रा.लि.को आयोजनामा हुने प्रतियोगिताका लागि शंखमुलस्थित अनमोल ब्याङ्क्वेटमा आयोजित अक्सनमार्फत सहभागी टोलीहरूले मार्की खेलाडीसहित आफ्नो टोली तयार गरेका हुन् ।

यस वर्ष प्रतियोगितामा १० फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् । पहिलो संस्करणमा ८ टोली सहभागी भएकोमा यस पटक दुई नयाँ टोली थपिएका हुन् । साथै यस वर्ष टोलीहरूको नाम पनि सहर तथा प्रदेशको पहिचान झल्किने गरी परिवर्तन गरिएको आयोजकले जनाएको छ ।

अक्सन कार्यक्रममा बोल्दै आईएसएलका प्रबन्ध निर्देशक ज्योति भण्डारीले नयाँ टोली पहिचानले प्रतियोगिताप्रति दर्शक र क्रिकेटप्रेमीको आकर्षण बढ्ने विश्वास व्यक्त गरे । उनले दोस्रो संस्करणलाई पहिलोभन्दा थप व्यवस्थित, प्रतिस्पर्धात्मक र भव्य बनाइने प्रतिबद्धता समेत जनाए ।

फ्रेन्चाइज प्रणालीमार्फत नेपाली इन्डोर क्रिकेटको विकास, नयाँ प्रतिभाको पहिचान र खेललाई व्यावसायिक रूपमा स्थापित गर्ने उद्देश्यका साथ आयोजना हुन लागेको यो प्रतियोगिता आगामी भदौ १७ गतेदेखि सञ्चालन हुनेछ । प्रतियोगिताको पहिलो संस्करणको उपाधि अनमोल पायोनियर्सले जितेको थियो ।

अक्सनपछि तय भएका १० वटै टोलीको अन्तिम नामावली:

काठमाडौं कैलाश किंग्स: सुमित महर्जन (मार्की), गौतम केसी, बिपिन शाही, सूर्य तामाङ, रामसेवक यादव, मुकेश ओझा, अविराज रोय, शौरभ साखाकर्मी, रोनिम तिवारी र भूलन साहनी ।

सुदूरपश्चिम टाइगर्स: रुपेशकुमार श्रीवास्तव (मार्की), शंकर राना, अभिषेक थापा, चन्द्रकान्त पौडेल, अमर रावल, सक्षम बस्ताकोटी, समीर कँडेल, आर्यन बिष्ट, अनुप श्रेष्ठ र नितेश कुमार ।

पोखरा वारियर्स: अमित श्रेष्ठ (मार्की), राजेन्द्र बम, दीपेश श्रेष्ठ, आश्रय बस्नेत, मिलन क्षेत्री, हरिओम जोशी, अशोक पौडेल, मोहम्मद हुसेन, केशव साउद र महेश खत्री ।

माया हेटौंडा रोयल्स: ऋत गौतम (मार्की), सोनु देवकोटा, दीपक बोहरा, रोहित शर्मा, प्रसिद्ध जैशी, सक्रियप्रताप कार्की, कृष कार्की, श्रवण यादव, विमल बीके र स्वरूप श्रेष्ठ ।

मिक्समाण्डु: उत्तमरङ्गु थापा (मार्की), संगीत पन्त, रिङ्जिन लामा, विधान श्रेष्ठ, मिसन कार्की, निश्चल श्रेष्ठ, मनोज यादव, सन्दीप पराजुली, आशिम केसी र रबिन जोशी ।

बुटवल एम्पायर: भुवन काक्री (मार्की), प्रणित थापा मगर, दिनेश अधिकारी, पवन कार्की, सचिन लेखक, दीपक जोशी, लक्ष्मण कार्की, तपेन्द्र बिष्ट, सुमन विश्वकर्मा र लक्की कडायत ।

ललितपुर अलस्टार्ज: विवेककुमार राना मगर (मार्की), आशुतोष घिरैया, प्रतीक श्रेष्ठ, तिलकराज भण्डारी, मनीष थापा, कुशल खड्का, विश्व कार्की, विधान खटिवडा, अविनाश बस्याल र सारस खत्री ।

लुम्बिनी योर्कर्स: रविकुमार साह (मार्की), दयानन्द मण्डल, नवीनकुमार यादव, तुलबहादुर थापा, आशिम श्रेष्ठ, अपराजित पौडेल, दीपक बोहरा, खगेन्द्रसिंह महरा, रोहनकुमार साह र रोशन झा ।

जनकपुर किंग्स: आइश भट्टराई (मार्की), सुनील दौल्याल, सुमित श्रेष्ठ, दीपक चन्द, प्रसिद्ध श्रेष्ठ, नितेश पटेल, नितेश कुमार मोक्तान, हिक्मत खत्री, निखिल खत्री र रोमन बिष्ट ।

विराटनगर ब्याटालियन: रुपेशकुमार सिंह (मार्की), खड्का बोहरा, चन्द्र बीसी, हिमाल चन्द, बिपिन आचार्य, सन्देश कार्की, अनिश धामी, सरोज खत्री, ट्राभिस जोशी र विवेक यादव ।