अन्तर्राष्ट्रिय पुम्से प्रशिक्षकको प्रमाणपत्र प्राप्त गर्ने पहिलो नेपाली बने कविराज खड्गी

सिमराः नेपाल तेक्वान्दो संघका राष्ट्रिय पुम्से टोलीका प्रशिक्षक कविराज खड्गी विश्व तेक्वान्दोको अन्तर्राष्ट्रिय पुम्से प्रशिक्षक प्रमाणपत्र प्राप्त गर्ने पहिलो नेपाली प्रशिक्षक बनेका छन् ।
खड्गीले विश्व तेक्वान्दोद्वारा सन् २०२६ मे १५ देखि २१ तारिखसम्म सञ्चालन गरिएको विश्व तेक्वान्दो पुम्से प्रशिक्षक प्रमाणीकरण तालिम सफलतापूर्वक सम्पन्न गर्दै उक्त अन्तर्राष्ट्रिय प्रमाणपत्र हासिल गरेका हुन् । उनको सफलताले नेपालमा पुम्से विधाको विकास तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाली प्रशिक्षकहरूको क्षमता र पहिचानलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।
नेपाल तेक्वान्दो संघका दीपराज गुरुङले खड्गीलाई बधाई दिँदै उनको उपलब्धिले नेपाली तेक्वान्दो खेलको विकासमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् । खड्गीको यो उपलब्धिलाई नेपाली तेक्वान्दो क्षेत्रका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।