बेल्जियमको इयू टी–२० लिगमा दिपेन्द्र, जेबी ब्रुजेसमा आबद्ध

बेल्जियमको इयू टी–२० लिगमा दिपेन्द्र, जेबी ब्रुजेसमा आबद्ध

काठमाडौं: नेपाली क्रिकेटका अलराउन्डर दिपेन्द्रसिंह ऐरी युरोपको प्रतिष्ठित इयू टी–२० बेल्जियम लिगमा आबद्ध भएका छन्। उनलाई बेल्जियमको फ्रेन्चाइज टोली जेबी ब्रुजेसले आफ्नो टिममा अनुबन्ध गरेको हो।

जेबी ब्रुजेसले शुक्रबार सामाजिक सञ्जालमार्फत दिपेन्द्रलाई अनुबन्ध गरेको औपचारिक घोषणा गरेको छ। यो टिममा दिपेन्द्रले विश्व क्रिकेटका हस्तीहरू न्युजिल्यान्डका आक्रामक ब्याटर कोलिन मुन्रो, दक्षिण अफ्रिकाका रसी भान डेर डुसेनसँग ड्रेसिङ रुम शेयर गर्नेछन् ।

यसअघि नेपाली स्पिन जादुगर सन्दीप लामिछानेलाई लियेज रेड लायन्सले प्रि-साइनिङमार्फत आफ्नो टोलीमा भित्र्याइसकेको छ। सन्दीपको टोलीमा अस्ट्रेलियाका क्रिस लिन, दक्षिण अफ्रिकाका फाफ डु प्लेसिस र पाकिस्तानका शोएब मलिक जस्ता भेट्रान खेलाडीहरू रहेका छन्।