राष्ट्रिय लिग खेल्ने नव जनजागृतिको टोलीलाई सिमराबाट गरियो बिदाई

राष्ट्रिय लिग खेल्ने नव जनजागृतिको टोलीलाई सिमराबाट गरियो बिदाई

सिमरा: अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी राष्ट्रिय लिग फुटबलमा सहभागी हुन लागेको सिमराको नव जनजागृति युवा क्लबका खेलाडीलाई बिहीबार औपचारिक रूपमा बिदाई गरिएको छ। सिमरा रंगशालास्थित प्रभु राजी एनजेजेवाईसी एकेडेमीमा आयोजित कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले खेलाडी तथा अफिसियललाई बिदाई गर्दै सफलताको शुभकामना व्यक्त गरे।

पुस ३० गतेदेखि सुरु भइसकेको राष्ट्रिय लिगका खेलहरू दशरथ रंगशाला र एन्फा कम्प्लेक्समा सञ्चालन भइरहेका छन्। नव जनजागृति युवा क्लबले शनिबार चित्लाङ फुटबल क्लबविरुद्ध खेल्दै लिगको सुरुवात गर्नेछ।

१५ वर्षको इतिहास बोकेको जीतपुरसिमरा गोल्डकपको आयोजकको रुपमा मात्र नभई नव जनजागृतिले अब राष्ट्रिय लिग खेल्ने टोलीका रुपमा समेत सिमरालाई परिचित गराउने भएको छ ।

यस वर्षको राष्ट्रिय लिगमा ‘ए’ डिभिजनका १३ टोली र एन्फा प्रेसिडेन्ट लिगबाट छनोट भएका मोफसलका चार टोली गरी १७ टोली सहभागी छन्। गत कार्तिकमा मकवानपुरको गौरीटार रंगशालामा सम्पन्न प्रेसिडेन्ट लिगको सेमिफाइनलमा पुगेका नव जनजागृति युवा क्लब, पोखराको लालिगुराँस एशोसिएसन, सुर्खेतको काँक्रेबिहार युवा क्लब र चित्लाङ फुटबल क्लब राष्ट्रिय लिगका लागि छनोट भएका थिए।

राष्ट्रिय लिगमा छनोट भएयता नव जनजागृतिले सिमरा रंगशालामा नियमित अभ्यास गर्दै तयारी गरिरहेको थियो। क्लबले स्थानीय प्रतिभालाई प्राथमिकतामा राख्दै प्रतिस्पर्धात्मक टोली तयार पारेको जनाएको छ।

नव जनजागृति युवा क्लबको टोली

दिलमणी चौधरी, तबरेज मिया, सौरभ विक्रम कार्की, सञ्जय चौधरी, सागर चौधरी, अभिषेक चौधरी, सागर थारु, विकास दास थारु, राजकुमार चौधरी, प्रविण धामी, समिर चौधरी, विक्रम थोकर, सन्तोष थापा, अमर डंगोल, उमेश सञ्जेल, अन्जन बछार, अमित बछार, उदित नारायण चौधरी, कृपाकान्त चौधरी, रञ्जय राय चौधरी, अजित चौधरी, साजनराज गौतम, प्रज्वल थापामगर, रोहन तामाङ, मिनेश मोक्तान, सञ्जय राजभक, स्यामुल तामाङ, समिन अर्जेल र दिव्यांशु सिंह

अफिसियल

मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठ, सहायक प्रशिक्षक मुन्ना खान थारु, गोलरक्षक प्रशिक्षक दीपेश यादव, फिजियो अबान्तिका बानिया, टिम व्यवस्थापक राजदास श्रेष्ठ, किट्स व्यवस्थापक राजकिशोर धामी, क्लब अफिसियल रामचन्द्र लामा र दुर्गाबहादुर

राष्ट्रिय लिगमा नव जनजागृतिको खेल तालिका