सिमरामा प्रथम बारा प्याब्सन अन्तरविद्यालय फुटबल प्रतियोगिता सुरु

सिमरा: प्रथम बारा प्याब्सन अन्तरविद्यालय फुटबल प्रतियोगिता सोमबारदेखि सिमरामा सुरु भएको छ। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) बारा को आयोजनामा तथा जनजागृती युवा क्लबको सहयोगमा प्रतियोगिता सुरु भएको हो ।
सिमरा रंगशालामा सुरु भएको प्रतियोगिताको पहिलो दिन सिनियर र जुनियर तर्फका गरी चार खेलहरू सम्पन्न भएका छन्। सिनियर तर्फको पहिलो खेलमा ब्राइटर एकेडेमीले शुभारम्भ एकेडेमीलाई ४-० को फराकिलो अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ। त्यसैगरी दोस्रो खेलमा मोर्डन एकेडेमीले सेन्ट पिटर्स स्कुललाई ३-२ ले पराजित गर्दै जित हात पारेको छ।
जुनियर तर्फको पहिलो खेलमा शुभारम्भ एकेडेमीले शुभतारा इङ्ग्लिस बोर्डिङ स्कुललाई १-० ले पराजित गरेको छ। जुनियर तर्फकै दोस्रो खेलमा रोज एकेडेमीले ब्राइटर एकेडेमीलाई ३-० ले पराजित गर्दै प्रभावशाली प्रदर्शन गरेको छ।