एपिएफले दोस्रो खेलमा अंक बाँड्यो, ट्रान्सपोर्ट युनाइटेडसंग गोलरहित बराबरी

एपिएफले दोस्रो खेलमा अंक बाँड्यो, ट्रान्सपोर्ट युनाइटेडसंग गोलरहित बराबरी

काठमाडौं: साफ महिला क्लब च्याम्पियनसिपमा नेपालको एपिएफ फुटबल क्लबले दोस्रो खेलमा बराबरी खेलेको छ। बिहीबार दशरथ रंगशालामा भएको समूह चरणको खेलमा एपिएफले भुटानको ट्रान्सपोर्ट युनाइटेड फुटबल क्लबसंग गोलरहित बराबरी खेलेपछि दुवै टिमले एक-एक अंक बाँडेका छन्।

पहिलो खेलमा शानदार प्रदर्शन गरेको एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडेमीलाई ४-० ले हराउँदै प्रतियोगितामा उत्कृष्ट सुरुवात गरेको थियो। दोस्रो जितको खोजीमा मैदानमा उत्रिएको एपिएफले खेलमा दबदबा जमाए पनि फिनिसिङमा कमी देखिएको थियो।

प्रतियोगितामा अब एपिएफको तेस्रो खेल १४ डिसेम्बरमा पाकिस्तानको कराँची सिटीसंग हुनेछ।

उता ट्रान्सपोर्ट युनाइटेडले पहिलो खेलमा कराँची सिटीसंग गोलरहित बराबरी खेलेको थियो। तर दोस्रो खेलमा भारतको ईस्ट बंगालसँग ४–० ले पराजित भएको थियो ।