साफ क्लब महिला च्याम्पियनसिप २०२६ आजदेखि सुरु

साफ क्लब महिला च्याम्पियनसिप २०२६ आजदेखि सुरु

काठमाडौंः साफ क्लब महिला च्याम्पियनसिप २०२६ का खेलहरू शुक्रबारदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुँदैछ ।पाकिस्तानको कराँची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीबीच उद्घाटन खेल हुनेछ ।

भुटानी टिममा ९० प्रतिशत राष्ट्रिय खेलाडी रहेका छन् । कराँची एफसी अनुभव बटुल्ने उदेश्यसहित मैदान उत्रिँदैछ।

साँझ ६ बजे हुने दोस्रो खेलमा नेपालका राष्ट्रिय खेलाडीले भरिएको एपीएफले बंगलादेशको नस्रिन स्पोर्टस एकेडेमीसँग प्रतिस्पर्धा गर्नेछ । एपीएफ कप्तान अनिता बस्नेतले घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरेकी छन्।

प्रतियोगितामा नेपालको एपीएफ, भारतको इस्ट बंगाल, पाकिस्तानको कराँची एफसी, बंगलादेशको नस्रिन स्पोर्टस एकेडेमी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीको सहभागिता रहेको छ ।