कर्णाली याक्स प्ले अफबाट बाहिर, पोखरा एभेन्जर्सको सम्भावना कायम

काठमाडौंः नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्स पाँचौं हारपछि प्ले अफ दौडबाट बाहिरिएको छ। पोखरा एभेन्जर्ससंग मंगलबार ३४ रनले पराजित भएपछि कर्णालीको लिग चरणबाट बाहिरिने निश्चित भएको हो ।
कर्णालीले २० ओभरमा एक सय ६७ रन मात्र बनाउन सक्यो। मार्क वाटले ५९ रन र प्रियांक पाञ्चालले १६ रन जोडे। बलिङमा नयाँ खेलाडी सन्दीप क्षेत्री र ऋषि धवनले समान ३–३ विकेट लिए।
पोखराका जेसन रोय र एडम रोसिङ्टनले दोस्रो विकेटका लागि १२७ रनको साझेदारी गर्दै टोलीको विशाल योगफल २०१ रनसम्म पुर्याए। रोसिङ्टनले ५४ बलमा शतक प्रहार गरे।
यो जितसँगै पोखरा एभेन्जर्सले प्ले अफको सम्भावना जीवित राखेको छ। कर्णाली मात्र एक जितसहित २ अंकमा रोकिएको छ।