जनकपुर बोल्ट्सको पहिलो जित, प्लेअफ आशा जीवित

जनकपुर बोल्ट्सको पहिलो जित, प्लेअफ आशा जीवित

काठमाडौंः नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनमा साविक विजेता जनकपुर बोल्ट्सले पाँचौं खेलमा पहिलो जित निकाल्दै प्लेअफको सम्भावना जीवित राखेको छ। उच्च स्कोरको खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले पराजित गर्‍यो।

१ सय ७७ रनको लक्ष्य जनकपुरले १७.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो। जितमा माज सदाकतले ३० बलमा ६३ रन र अनिल साहले ३६ बलमा ६१ रनको अर्धशतकीय पारी खेले। जनकपुरले सिजनको सबैभन्दा ठूलो रन–चेज सफल गरेको हो।

चितवनले पहिले ब्याटिङ गर्दै २० ओभरमा ४ विकेटमा १ सय ७६ रन बनाएको थियो। डविट मलानले ८० र अर्जुन साउदले ५२ रनको अर्धशतक बनाए। तर बलिङ र फिल्डिङमा कमजोर जनकपुरले दोस्रो इनिङ्समा उत्कृष्ट पुनरागमन गर्दै जित निकाल्न सफल भयो।

यो हारसँगै चितवनको प्लेअफ यात्रा चुनौतीपूर्ण बनेको छ।