उपाधिसहित स्वदेश फर्किए युवा क्रिकेटर

उपाधिसहित स्वदेश फर्किए युवा क्रिकेटर

सिमराः मलेसियामा एसिसी यु-१६ इस्ट जोन कपको उपाधि रक्षा गर्दै नेपाली टोली स्वदेश फर्किएको छ।

टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का, संघका सदस्य दिवाकर घले, सुदीप शर्मा, क्रिकेट म्यानेजर विनोद दास र यु९१९ टिमका प्रशिक्षक शक्ति गौचनले स्वागत गरेका थिए ।

सिंगापुरलाई दुई विकेटले हराउँदै नेपाल च्याम्पियन बनेको हो । नेपालले गत संस्करण मलेसियालाई हराउँदै उपाधि जितेको थियो।