स्वदेश फर्कियो नेपाली महिला टोली

स्वदेश फर्कियो नेपाली महिला टोली

सिमराः एएफसी महिला एसियन कप छनोट प्रतियोगितामा सहभागी भएर नेपाली राष्ट्रिय महिला फुटबल टोली उज्बेकिस्तानबाट स्वदेश फर्किएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राई, प्रवक्ता सुरेश शाहसहितका पदाधिकारीहरूले टोलीलाई स्वागत गरेका छन् ।

घरेलु टोली उज्बेकिस्तानसँग कडा प्रतिस्पर्धा गरेको खेलमा नेपाल टाईब्रेकरमा ४–२ ले पराजित भएको थियो । आफ्नो समूहमा दोस्रो स्थान हासिल गर्‍यो। उक्त नतिजाका साथ नेपाल अस्ट्रेलियामा हुने एएफसी महिला एसियन कपमा स्थान बनाउन चुकेको छ।