साफ यू–१७ महिला च्याम्पियनसिप : नेपालको खराब सुरुवात

साफ यू–१७ महिला च्याम्पियनसिप : नेपालको खराब सुरुवात

काठमाडौंः भुटानमा बुधबारदेखि सुरु भएको साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपालले आफ्नो पहिलो खेलमै निराशाजनक प्रदर्शन गर्दै खराब सुरुवात गरेको छ। थिम्पुस्थित चाङलिमिथाङ नेशनल स्टेडियममा भएको उद्घाटन खेलमा नेपाल बलियो प्रतिद्वन्द्वी भारतसँग ७–० ले पराजित भयो।

खेलको पहिलो हाफमै नेपालले पाँच गोल खाएको थियो भने दोस्रो हाफमा थप दुई गोल व्यहोर्दै ठूलो अन्तरको हार बेहोर्नु पर्‍यो।

नेपालले प्रतियोगिताको दोस्रो खेल आगामी शुक्रबार (२२ अगस्ट) मा आयोजक भुटानसँग खेल्नेछ। सोही दिन भारतले साविक विजेता बंगलादेशको सामना गर्नेछ।

यस प्रतियोगितामा दक्षिण एसियाका नेपाल, भारत, भुटान र बंगलादेश गरी चार टोली मात्र सहभागी छन्। डबल राउन्ड रोबिन लिग प्रणालीका आधारमा हुने च्याम्पियनसिपमा उच्च स्थान हासिल गर्ने टोली विजेता घोषित गरिनेछ।