टप इण्ड टी–२० को पहिलो खेलमा नेपाल ४२ रनले पराजित

काठमाडौंः अष्ट्रेलियामा जारी टप इण्ड टी–२० सिरिजको पहिलो खेलमा नेपाल नर्दन टेरोटोरी स्ट्राइक्स (एनटिएस) ४२ रनले पराजित भएको छ । एनटिएसले दिएको एक सय ८८ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको नेपाल एक सय ३५ रनमै समेटिएको हो ।
नेपालका लागि सर्वाधिक कुशल मल्लले ३४, गुलशन झाले २६ र कप्तान रोहित पौडेलले २४ रन बनाए । नेपालका ओपनर कुशल भूर्तेलले ८ र आशिफ शेखले ११ रन बनाए । लोकश बम शूण्यमा आउट भए । दीपेन्द्र सिंह ऐरीले १९ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
यसअघि टस जितेर नेपालले एनटिएसलाई ब्याटिङको निम्तो दिएको थियो । एनटिएसले २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ७७ रन जोडेको थियो ।
नेपालका लागि सन्दीप लामिछानेले तीन, ललित राजवंशीको स्थानमा अवसर पाएका साहब आलमले दुई विकेट लिए । कप्तान रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी र रुपेश सिंहले समान एक–एक विकेट हात पारे ।
नेपालले अब शनिबार बंगलादेश ‘ए’ संग दोस्रो खेल खेल्नेछ ।