बंगलादेशसंगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टिम घोषणा

काठमाडौं: बंगलादेशसंग हुने मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय पुरुष फुटबल टिम घोषणा गरिएको छ। मुख्य प्रशिक्षक म्याट् रोसले ३० जना खेलाडीलाई प्रशिक्षणका लागि बोलाएका हुन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार प्रारम्भिक खेलाडी छनोटका लागि ट्रायलमा सहभागी भएका खेलाडीहरूबाट यो सूची तयार गरिएको हो। नेपाल र बंगलादेशबीच सेप्टेम्बर ६ र ९ तारिखमा त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दुई मैत्रीपूर्ण खेल हुनेछन्।
प्रारम्भिक सूचीमा परेका खेलाडीहरू:
अभिषेक लिम्बु, आदित्य शाक्य, अमृत श्रेष्ठ, अमित लामा, अनन्त तामाङ, एन्जल श्रेष्ठ, अन्जन बिष्ट, एरिक बिष्ट, भरत खवास, विशाल सुनार, दीप कार्की, दिनेश हेन्जन, दिपेन्द्र बिक, जिलेस्पी कार्की, किरण चेम्जोङ, कुलदीप कार्की, कुशल देउवा, लकेन लिम्बु, मणी कुमार लामा, मनिष डाँगी, रन्दिप पौड्याल, रोहित चन्द, रोहन कार्की, समिर तामाङ, समिर श्रेष्ठ, सुवास बम, श्रीजन राज गौतम, सुमन श्रेष्ठ, टिकेन्द्र थापा र योगेश गुरु।