उत्तर कोरियासँग ११-० ले हार्यो नेपाल

उत्तर कोरियासँग ११-० ले हार्यो नेपाल

काठमाडौं: एएफसी यु-२० महिला एसियन कप छनोटको अन्तिम खेलमा नेपाल उत्तर कोरियासँग ११–० को विशाल अन्तरले पराजित भएको छ। भुटानको थिम्पुस्थित चाङ्लिमिथान स्टेडियममा आइतबार भएको खेलमा पहिलो हाफमै ५–० ले पछि परेको नेपाल दोस्रो हाफमा थप ६ गोल खाँदै पराजित भएको हो ।

उत्तर कोरियाकी हो कोयोङ खेलको सुपरस्टार बनिन्। उनले पहिलो हाफमै ५ गोल गर्दै व्यक्तिगत पाँच गोलको उपलब्धि हात पारिन्। चोइ चोङ गमले ह्याट्रिक पूरा गरिन् भने कप्तान पाक ओके र बक्स अन चोङले पनि गोल गरिन् ।

यो जितसँगै तीन पटकको विश्वकप विजेता र दुई पटकको एसियन च्याम्पियन उत्तर कोरियाले समूह चरणमा अपराजित रहँदै एसियन कपमा स्थान सुरक्षित गरेको छ। यसअघि उनले साउदी अरेबीयालाई १५–० र आयोजक भुटानलाई १०–० ले हराएको थियो ।

अब नेपालको दोस्रो स्थानमा पुग्ने सम्भावना भुटान र साउदी अरेबीयाबीचको अन्तिम खेलमा निर्भर छ। भुटान जिते मात्र दोस्रो स्थान सुरक्षित गर्नेछ, बराबरी वा हार भए नेपाल फेरि क्वालिफायरमा रहनेछ।

नेपालले यसअघि पहिलो खेलमा भुटानसंग १-१ को बराबरी खेलेको थियो भने दोस्रो खेलमा साउदी अरेबियालाई १-० ले पराजित गरेको थियो ।