साफ यू–२० च्याम्पियनसिपको उपविजेता नेपाली टोली स्वदेश फर्कियो

काठमाडौं: बङ्गलादेशमा सम्पन्न साफ यू–२० महिला च्याम्पियनसिपको उपविजेता बनेको नेपाली टोली मंगलबार स्वदेश फर्किएको छ। टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय सदस्य तथा महिला कमिटी संयोजक सरिला श्रेष्ठ मलेकु र संघका प्रवक्ता सुरेश शाहले स्वागत गरेका थिए ।
प्रतियोगितामा नेपालले शानदार प्रदर्शन गरेको नेपालले निर्णायक खेलमा बंगलादेशसंग ४-० ले पराजित हुँदै उपविजेता बनेको थियो । समूह चरणमा नेपालले भुटान र श्रीलङ्कामाथि सहज जित हासिल गरे पनि बङ्गलादेशसँगको खेलमा पराजित हुँदै दोस्रो स्थानमा चित्त बुझाउनु परेको हो ।
साफ यू–२० च्याम्पियनसिप दक्षिण एसियाली राष्ट्रहरू बीच हुने महिला फुटबल प्रतियोगिता हो । नेपाल सन् २०२३ मा पनि उपविजेता बनेको थियो । उक्त निर्णायक खेलमा पनि नेपाल बंगलादेशसंग ३-० ले पराजित भएको थियो ।