नेपाललाई पराजित गर्दै बंगलादेशले दोस्रो पटक जित्यो साफ यु–२० महिला च्याम्पियनसिपको उपाधि

नेपाललाई पराजित गर्दै बंगलादेशले दोस्रो पटक जित्यो साफ यु–२० महिला च्याम्पियनसिपको उपाधि

ढाका: बंगलादेशले साफ यु–२० महिला फुटबल च्याम्पियनसिपको उपाधि जितेको छ । ढाकास्थित बसुन्धरा किङ्स ऐरिना रंगशलामा सोमबार राति सम्पन्न निर्णायक खेलमा बंगलादेशले नेपाललाई ४–० ले पराजित गर्दै उपाधि जितेको हो ।

बंगलादेशलाई दोस्रो पटक उपाधि जिताउने क्रममा मोसमत सागोरिका एक्लैले चार गोल गरिन् । सागोरिकाले खेलको ८, ५१, ५८ र ७७औं मिनेटमा गोल गरेकी थिईन् ।

बंगलादेशले दोस्रो पटक उपाधि भिडन्तमा नेपाललाई पराजित गरेको हो । यसअघि सन् २०२३ मा पनि बंगलादेशले नेपाललाई ३–० ले पराजित गरेको थियो ।